जनकपुरविरुद्ध काठमाडौंको फितलो ब्याटिङ, १०२ रनको लक्ष्य « Khabarhub

जनकपुरविरुद्ध काठमाडौंको फितलो ब्याटिङ, १०२ रनको लक्ष्य


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज १०२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर जनकपुरविरुद्ध पहिलो ब्याटिङमा उत्रिएको काठमाडौंले १९ दशमवल ३ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको हो ।

सुरुमै लड्खडाएको काठमाडौंका ब्याटर आजको खेलमा चल्न सकेनन् । काठमाडौं लागि सर्वाधिक रन बनाउने गेर्हार्ड इरास्मसले २२ बल खर्चेर मात्रै २० रन जोडे । उनले दुई चौका प्रहार गरे ।

काठमाडौंका दुवै ओपनरको ब्याटिङ आजको खेलमा चलेन । स्टिफन एस्किनाजीले १९ बल सामना गर्दा मात्रै १७ रन जोडे । अर्का ओपनर माइलक लिभर्टले दोहोरो रन बनाउन सकेनन् । उनी ६ बलमा आठ रन जोडेर पेविलियन फर्किए ।

करण केसीले १३ बलमा २ चौका र १ छक्काको सहयोगमा १९ रन जोडे । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ ललित राजवंशी र शेर मल्लले समान तीन विकेट लिए । मोहम्मद मोहसिनले दुई, अरनिको यादव र किशोर महतोले समान एक विकेट लिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  २ : २५ बजे

राष्ट्रिय सभामा पुगे गृहमा दोहोरिन सक्छन् ओमप्रकाश अर्याल

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका

धनुषा १ मा मातृकालाई जिताउने आयोगको निर्णय सदर, रास्वपाका किशोरी कालोसूचीमै यथावत

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ बाट विजयी घोषित नेपाली कम्युनिस्ट

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं– सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी