हङकङकी कार्यकारी प्रमुख लामद्वारा ‘सुपुर्दगी विधेयक’ फिर्ता लिएको घोषणा « Khabarhub

हङकङकी कार्यकारी प्रमुख लामद्वारा ‘सुपुर्दगी विधेयक’ फिर्ता लिएको घोषणा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– गत जुन यता जारी प्रदर्शन गरिरहेका प्रदर्शनकारीसँग झुक्दै हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयक औपचारिक रुपमा फिर्ता लिएको घोषणा गरेकी छिन् ।

प्रमुख कार्यकारी लामले टेलिभिजन सम्बोधन गर्दै यस विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । चीनमा अपराध गरेको अभियोग लागेका अभियुक्तलाई चीनतर्फ सुपुर्दगी गर्नका लागि ल्याइएको विधेयकका कारण त्यहाँ प्रदर्शन चकिएको थियो ।

सोही प्रदर्शन पछिल्लो समय अधिक स्वायत्तता, लोकतन्त्र र मानव अधिकारका विषयमा केन्द्रित रहँदै आएको छ ।

‘जनताको माग सम्बोधन गर्नका लागि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको छ ।’ उनले भनिन् । उनले सरकारको मुख्य प्राथमिकता शहरमा जारी हिंसा अन्त्य गर्ने, विधिको शासन स्थापना गर्ने रहेको उनको भनाइ छ ।

यद्यपि उनले प्रदर्शनकारीका अन्य माग भने स्वीकार गर्न नसकिने जनाएकी छिन् । जुन महिनामा सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन चर्किएपछि उनले विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गर्ने घोषणा गरेकी थिइन् ।

यद्यपि प्रदर्शनकारीले भने अनिश्चितकालसम्मका लागि विधेयक फिर्ता लिने घोषणाले नपुग्ने भन्दै लामले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।

प्रदर्शनकारी तथा प्रहरीबीच ठाउँठाउँमा झडप हुन थालेपछि हङकङको सुरक्षालाई लिएर चिन्ता उत्पन्न हुँदै आएको थियो । यद्यपि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारी शान्त हुनेमा भने आशंका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ५ : ५१ बजे

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर