हङकङकी कार्यकारी प्रमुख लामद्वारा ‘सुपुर्दगी विधेयक’ फिर्ता लिएको घोषणा | Khabarhub Khabarhub

हङकङकी कार्यकारी प्रमुख लामद्वारा ‘सुपुर्दगी विधेयक’ फिर्ता लिएको घोषणा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– गत जुन यता जारी प्रदर्शन गरिरहेका प्रदर्शनकारीसँग झुक्दै हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयक औपचारिक रुपमा फिर्ता लिएको घोषणा गरेकी छिन् ।

प्रमुख कार्यकारी लामले टेलिभिजन सम्बोधन गर्दै यस विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । चीनमा अपराध गरेको अभियोग लागेका अभियुक्तलाई चीनतर्फ सुपुर्दगी गर्नका लागि ल्याइएको विधेयकका कारण त्यहाँ प्रदर्शन चकिएको थियो ।

सोही प्रदर्शन पछिल्लो समय अधिक स्वायत्तता, लोकतन्त्र र मानव अधिकारका विषयमा केन्द्रित रहँदै आएको छ ।

‘जनताको माग सम्बोधन गर्नका लागि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको छ ।’ उनले भनिन् । उनले सरकारको मुख्य प्राथमिकता शहरमा जारी हिंसा अन्त्य गर्ने, विधिको शासन स्थापना गर्ने रहेको उनको भनाइ छ ।

यद्यपि उनले प्रदर्शनकारीका अन्य माग भने स्वीकार गर्न नसकिने जनाएकी छिन् । जुन महिनामा सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन चर्किएपछि उनले विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गर्ने घोषणा गरेकी थिइन् ।

यद्यपि प्रदर्शनकारीले भने अनिश्चितकालसम्मका लागि विधेयक फिर्ता लिने घोषणाले नपुग्ने भन्दै लामले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।

प्रदर्शनकारी तथा प्रहरीबीच ठाउँठाउँमा झडप हुन थालेपछि हङकङको सुरक्षालाई लिएर चिन्ता उत्पन्न हुँदै आएको थियो । यद्यपि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारी शान्त हुनेमा भने आशंका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ५ : ५१ बजे

चुरे क्षेत्र संरक्षण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक : कार्यवाहक प्रधानमन्त्री सिंह

सिरहा– कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको

‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुने

काठमाडौं– नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल

विद्या भण्डारीलाई रोक्दाको असर तलैसम्म, वडाध्यक्षले भने- भंगाल जाँदा पनि धम्की दिन थाले

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवीकरण गरिसकेको सदस्यता रोकिदिने नेकपा (एमाले)को

गृह श्रमिकलाई कानुनी मान्यता दिने सरकारको तयारी

काठमाडौं– नेपाल सरकारले पहिलो पटक गृह श्रमिकलाई औपचारिक श्रमिकका रूपमा

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न