आजका समाचार : सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको टिप्पणी, वामपन्थी शक्ति एकीकृत गर्ने प्रयास, लस एन्जलसमा कर्फ्यु   « Khabarhub

 आजका समाचार : सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको टिप्पणी, वामपन्थी शक्ति एकीकृत गर्ने प्रयास, लस एन्जलसमा कर्फ्यु  


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

राप्रपाको चियापनमा प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले स्वागत गरेका थिए।

यस्तै पृथ्वीनारायण शाहको जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आम्रपाली ब्यैङ्क्युट, बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन्।

आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री

रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत

वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी : माधव नेपाल

राजेन्द्र लिङ्देनको टिप्पणी- वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख

संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक

संसद्को बैठक चाँडै आह्वान हुने सभापति खतिवडाको विश्वास

माओवादीका प्रा.डा शर्मा एमाले प्रवेश

पार्टीबाट निकाल्दैमा भ्रष्टाचार विरुद्धको लडाई रोकिँदैन : भीम रावल
नेकपा एमालेका पूर्वनेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्धको लडाई कमजोर नहुने बताएका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले तानाशाही ढंगले एमाले नेतृत्वले आफूलाई निष्कासन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारविरुद्ध र देशभक्तिको झण्डामाथि उठाउने उत्साहमा कमी नहुने बताएका छन् ।

गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाटै खतरामा छ : सांसद श्रेष्ठ

संसद्को बैठक चाँडै आह्वान हुने सभापति खतिवडाको विश्वास

‘जलवायु परिवर्तनको असर देखिन थाल्यो, सजग बनौँ’

समाजवादी मोर्चालाई थप सक्रिय बनाउन आवश्यक : माधव नेपाल

आर्थिक समृद्धिको लागि केही कानून संशोधन: गृहमन्त्री

अस्थिरताको चक्र तोड्न दलहरू गम्भीर भएर समीक्षा गर्न आवश्यक : एनपी साउद

पृथ्वी जयन्तीमा राप्रपाको र्‍याली
नेपाल एकीकरणका सूत्रधार तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाइँदैछ ।

गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सन्तान पृथ्वीनारायण वि।सं। १७७९ पुस २७ गते जन्मिएका थिए । उनी वि।सं। १७९९ चैत २५ गते राजा भएका थिए ।

पृथ्वीनारायणले गोरखा राज्य विस्तार थाल्नुअघि नेपाल ५२ भुरेटाकुरे राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि नेपालको सीमा पूर्वमा टिस्टा नदीदेखि पश्चिममा चेपे नदीसम्म विस्तार गर्न सफल भएका थिए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीबारे पार्टीमा समीक्षा गरौँ : नैनसिंह महर

पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री

समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

दिव्योपदेश राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल

धनुषामा एकपछि अर्को हत्याको घटनाले सन्त्रास, प्रमाण जुटाउन नसक्दा प्रहरीमाथि नै प्रश्न !
कुनै पनि घटनाको सत्य तथ्य पता लगाई दोषीलाई सजाय दिलाउनु प्रहरीको कर्तव्य हो । तर, अपराध अनुसन्धान सुक्ष्म तरिकाले नगरेको भन्दै बेला(बेला धनुषा प्रहरीमाथि नै गम्भीर प्रश्न उठ्दै आएको छ ।

एक महिनाअघि प्रहरी जवानकै आमाको विभत्स हत्या भएको घटनामा प्रहरीले गरेको अनुसन्धानप्रति पीडित परिवार नै सन्तुष्ट छैन ।

यस्तैस एक वर्ष अगाडि हत्या गरी फलिएको अवस्थामा फेला परेको शवको पहिचान समेत खुलाउन नसकेपछि प्रहरी हत्यारासम्म पुग्न असफल देखिएको छ ।

राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ

जुम्लामा आठ हजारबढी छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरु

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज

विद्युत् चुहावट १२ प्रतिशतमा झर्‍यो

कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

‘भूमिहीनका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्छ’

पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण

अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो
लस एन्जलसमा मंगलबार सुरु भएको आगलागी असर बढी रहेको छ। यसै कारण कम्तीमा ११ जनाको ज्यान गइसकेको छ भने १० हजार घर तथा संरचना ध्वस्त भएका छन्।

क्यालिफोर्नियामा पानीको समेत अभाव देखिएको छ। त्यहाँका गर्भनरले यसको छानबिनको आवाज उठाएका छन्।
अहिले प्रभावित क्षेत्रमा रात्रि कालिन कर्फ्यु लगाइएको छ।

पालिसेड र इटनमा यो नियम कडाइका साथ लागु हुने जनाइएको छ। राष्ट्रपति जो बाइडेले लस एन्जलसको अवस्था साँच्चै भयावह भएको बताउँदै मर्नेको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन्।

ट्रम्प कार्यालय प्रवेश फन्डमा बोइङ, गुगल र माइक्रोसफ्टको चन्दा

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

क्यालिफोर्निया आगलागीमा लुटपाट बढेपछि कर्फ्यु

अमेरिकामा आँधीका कारण हजारौँ उडान रद्द

कजाकिस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना

पाकिस्तानमा कोइला खानी विस्फोट, चार जनाको मृत्यु

चीनमा अन्तर्राष्ट्रिय सञ्चार केन्द्र स्थापना

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ७ : ५८ बजे

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर