आजका समाचार : भीम रावललाई सघाउने नेता-कार्यकर्तामाथि कारबाही, सरकार भ्रष्टाचारीको बचाउमा लागेको आरोप र लस एन्जलसमा फेरि फैलियो आगो | Khabarhub Khabarhub

आजका समाचार : भीम रावललाई सघाउने नेता-कार्यकर्तामाथि कारबाही, सरकार भ्रष्टाचारीको बचाउमा लागेको आरोप र लस एन्जलसमा फेरि फैलियो आगो


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

आज राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरू जापानका मेडा तोरु, तुर्कमेनिस्तानका शालार गेल्डिनाजारोभ, आलोसका बाउन्मी भ्यान्मानी र इरानका डा इराज इलाहीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटेल दूषित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

चिसो लागेर प्रधानमन्त्री बिरामी, बालुवाटारमै आराम गर्दै

गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता

समाज अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री सिंह

महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर धादिङ पुगे उपप्रधानमन्त्री सिंह

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

प्रचण्डको दाबी- ओलीका कारण देशको अवस्था सजिलो छैन
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने कुनै रुचि नभएको बताएका छन् ।

सुर्खेत विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले नीतिगत रुपमा सरकारको आयु लामो नभए पनि आफूहरूले बदल्न खोजेको भन्ने बुझाई सही नभएको बताए ।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेदेखि नै माओवादी केन्द्रले भन्दै आएजस्तो भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा सरकार लिप्त रहेको प्रचण्डले आरोप लगाएका छन् ।

आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको बताउँदै प्रचण्डले देशको राजनीति सहज नदेखिएको दाबी पनि गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको जिकिर गरे ।

प्रचण्ड भन्छन्- सहिद परिवारको दुस्खसुखको साथी नै माओवादी

भीम रावललाई सघाउने नेता-कार्यकर्तामाथि एमालेले चलाउन थाल्यो कारबाहीको डन्डा

नागरिकता दिइसकेपछि गैरआवासीय नेपालीलाई भिसाको प्रावधान गलत : सांसद गिरी

त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि २ जनाको मात्र निवेदन

सहकारी पीडितलाई न्याय दिन रविलाई थुनामा पठाउनुपर्छ
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस जारी छ ।

बुधबार बिहान अदालतमा हाजिर भएर श्रीमती निकिता पौडेलको जिम्मा लगाइएका रविको मुद्दामा बिहीबार सरकारी वकिल र पीडितको तर्फबाट अधिवक्ताहरूले बहस गरेका छन् ।

बिहीबार इजलास सुरु हुनेबित्तिकै सरकारी वकिलहरूले बहस गर्दै रविलाई हिरासतमा नराखेर श्रीमतीको जिम्मा लगाउने न्यायाधीश प्रल्हादकुमार योगीको निर्णयमा गम्भीर प्रश्न उठाए ।

उनीहरूले बयान दिन अदालतमा आएको मान्छेलाई परिवारको जिम्मा लगाएपछि अब लामिछाने जोडिएको मुद्दा नहेर्न पनि न्यायाधीश योगीलाई आग्रह गरे । बिहीबारको थुनछेक बहसका पुर्पक्ष नहुन्जेलसम्म रविलाई हिरासतमा नपठाएकोमा सरकारी वकिलहरूले आपत्ति जनाए ।

सुप्रिम सहकारी ठगीमा रविमाथि थुनछेक बहस सुरु

रविलाई हिरासतमा नपठाएपछि न्यायाधीश योगीसँग वकिलहरूको आक्रोश

भाषा विवादमा अल्झिँदै मधेश सरकार, सत्तापक्षले नै गरे संसद् अवरुद्ध

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

सुदूरपश्चिम प्रदेशसभा : प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पारित

चिसो बढेपछि सर्वसाधारणलाई राहत दिन धनुषा ट्राफिकले दाउरा बाँड्दै
नेपालको तराई क्षेत्र विशेष गरी धनुषा जिल्लामा चिसोको कारण जनजीवन थप कष्टकर बनेको छ । मौसममा आएको अचानकको परिवर्तनले चिसो अत्यधिक बढेपछि सर्वसाधारणलाई राहत प्रदान गर्न धनुषा ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चिसोबाट प्रभावित जनतालाई न्यानो प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा दाउरा बाँड्ने कार्य सुरु गरेको छ ।

धनुषा जिल्लामा ट्राफिक चेकपोस्टहरूमा बसेका सर्वसाधारणलाई विशेष ध्यान दिँदै ट्राफिक प्रमुख हरि बहादुर वलीले दाउरा उपलब्ध गराएर आगो बाल्ने व्यवस्था मिलाएका छन् ।

सगरमाथा यात्रा दस्तुर बढ्यो, विदेशीले थप ४ हजार डलर तिर्नुपर्ने

स्याङ्जामा १४ वटा शीत भण्डार निर्माण

चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना

स्याङ्जामा भेटिएको बम डिस्पोज

नागढुंगाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

रुस युद्ध विराममा सहमत नभए ट्रम्पले थप प्रतिबन्ध लगाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनविरुद्ध युद्ध विराम गर्न पहल नगरे थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। उनले रुस-युक्रेन युद्धको विषयमा यस्तो बताएका हुन्।

ट्रम्पले हाउथीलाई वैदेशिक आतंकवादी सङ्गठन ठहर गरेका छन्। हाउथी यमनमा इरानको सहयोगमा सञ्चालित सैन्य समूह हो। यमन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा भएका धेरै आक्रमणमा हाउथी जिम्मेवार छ।

त्यसैगरी ट्रम्पले दक्षिणी सीमामा १५ सय सेना परिचालन गरेका छन्। तत्कालका लागि ती सेना कानुन उपयोग गर्नका लागि नभई भौतिक संरचना निर्माणमा सक्रिय रहने जनाइएको छ।

अमेरिकी संसद्ले ल्याएको नयाँ आप्रवासी विधेयक पारित गरेको छ। सो विधेयक २६३(१५६ मतले पारित भएको हो।

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

लस एन्जलसमा फेरि फैलियो आगो, १९ हजार मानिसलाई अन्यत्र सारियो

दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

अमेरिकामा अवैध रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

वायु प्रदूषणका कारण बैंककका करिब २०० विद्यालय बन्द

भियतनाममा अवैध डलर कारोबार गर्ने एक गिरोह कारबाहीमा

प्रयागराज महाकुम्भमेला : दश करोड बढीले गरे स्नान

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ७ : ५६ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको