चिया निर्यातलाई सहज बनाउने प्रधानमन्त्रीको आश्वासन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौपचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएका हुन् । उनले नेपाली चियाको उचित बजार प्रवर्द्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिए ।
प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक छ अर्बको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया)मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले यसबाट नेपाली उद्योगीलाई मार पर्ने विषयमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराए।
अध्यादेशले तानातानमा उपेन्द्र यादव, भन्छन्-कता उभिने निर्णय भइसकेको छैन
आर्थिक वर्ष आधा गुज्रेपछि निकायगत समन्वय खोज्दै सरकार
काठमाडौँ–तराई-मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
अध्यादेश राष्ट्रियसभाबाट फेल हुनसक्छ : वर्षमान पुन
सञ्चारमन्त्री नै भन्छन् : सरकारबाट ६ महिनामा एउटा पनि देखिने काम हुन सकेन
क्यान्सर नियन्त्रणका लागि चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत
पोखरामा गगनको स्पष्टीकरण- पन्ध्रौँ महाधिवेशनसम्म शेखर दाइ र म एकै ठाउँ छौँ
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौधौँ महाधिवेशनमा सभापतिमा पराजित नेता डा। शेखर कोइराला र आफू अहिलेसम्म एकैठाउँ रहेको बताएका छन् ।
कांग्रेसले जनप्रतिधिहरूका लागि पोखरामा चलाएको दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी भएका थापाले बुधबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। उनले शेखर कोइरालाई आफूले सधैँ नेता मानिरहने पनि बताएका छन् ।
कोशीका पूर्वमुख्यमन्त्री कार्की बोलाएर कोइराला समूहको विद्यार्थी भेला
अध्यादेशको बचाउमा विश्वप्रकाश शर्मा, कार्यपत्रमा सम्झिए चन्द्र ढकालको भनाइ
सत्तापक्ष र प्रतिपक्षी दलहरूसँग छलफलमा सभामुख
कांग्रेस भन्छ– ७३ प्रतिशत नेपालीसँग स्मार्ट फोन, हामी उड्ने अवस्थामा छौँ !
अधिराजकुमारी सोफियाले गरिन् कीर्तिपुर आँखा अस्पताल अवलोकन
चितवन अदालतले रविलाई हिरासतमा पठायो
सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा पठाउन आदेश दिएको छ।
बुधबार जिल्ला अदालत चितवनमा लामिछानेको मुद्दामा बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले हिरासतमा पठाउन आदेश दिएको हो।
थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए।
सहारा सहकारीको ३८ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहित ३२ जनाविरूद्ध मंगलबार मुद्दा दायर भएको थियो।
झापाका वृद्ध र महिलाको बदनाम हुने गरी सामाग्री बनाउने ३८ युट्युबरलाई कारबाही
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन
चितवन अदालत चितवनमा रवि, न्यायाधीश ढकालको इजलासमा बयान
शिक्षककै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा
पाथीभरामा केबलकारविरुद्ध आन्दोलित १४ जना रिहा, ताप्लेजुङका तीनजनालाई मुद्दा
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो
अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले मंगलबार आफ्ना विदेशी पोस्टिङबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने क्रममा अमेरिका र विश्वभरका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्ने घोषणा गरेको छ ।
निकायले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ को मध्यरातअघि सुरु हुने जनाएको छ । निकायको वेबसाइट सप्ताहन्तमा बन्द भएपछि मंगलबार पुनः देखापरेको थियो ।
प्रशासनिक बिदाले ‘मिसन–क्रिटिकल कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा तोकिएका कार्यक्रमहरूका लागि जिम्मेवार तोकिएका कर्मचारीहरू बाहेक सबै युएसएड प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई’ प्रभावित गर्नेछ ।
स्विडेनमा बन्दुकधारीको आक्रमणमा १० जनाको मृत्यु
ट्रम्पले नेतान्याहुसँग राखे गाजा नियन्त्रणको प्रस्ताव
प्रतिक्रिया