पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक : कमल थापा « Khabarhub

पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक : कमल थापा


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरू सबै एकै ठाउँमा आएर आन्दोलनमा होमिनु पर्ने प्रस्तावप्रति राप्रपा अनुदार देखिनुलाई आफूले आश्चर्यजनक रूपमा लिएको बताएका छन् ।

आज पार्टीको लुम्बिनी, पश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र कर्णाली क्षेत्रका पदाधिकारी, सदस्य र जिल्ला अध्यक्ष हरिसँगको भर्चुअल बैठकमा बोल्दै थापाले अहिले एक-एक व्यक्तिको पनि महत्त्व र आवश्यकता भएको बेलामा सबै बिचार मिल्ने पार्टी ,समूह, अभियान एक ठाउँमा बसौँ भन्दा राप्रपाले यो विषयलाई प्राथमिकता नदिनु अचम्मको रहस्य भएको समेत बताए ।

‘उहाँहरुको आफ्नो केही आन्तरिक समस्या पनि हुन सक्ला, अब त्यो हामीले जान्ने कुरा भएन,’ थापाले भने ।

राप्रपासँग तत्काल एकता हुन नसकेता पनि एकताको ढोकालाई खुल्ला राख्दै अब बिचार मिल्ने अन्य अभियान ,समूह र पार्टीसँग छलफल गरेर राप्रपा नेपाल आन्दोलनमा जाने उनले स्पष्ट पारे ।

‘सिद्धान्त केन्द्रित भएर इमानदारीपूर्वक आन्दोलनमा जान तयार हुने सबैसँग छलफल गर्छौ र आन्दोलनमा जान्छौ, अहिले एजेन्डा स्थापित गर्ने अनुकूल समय छ,’ उनले भने ।

बेरोजगारी ,धर्म परिवर्तन, आर्थिक मन्दी जस्ता डरलाग्दो समस्या यो व्यवस्था र प्रणालीले सामना गर्न नसक्ने भन्दै थापाले धार्मिक आस्था र विश्वासमाथि हमला गर्दै धर्म संस्कृति र पहिचानलाई कमजोर बनाउने विदेशी पैसाको प्रयोग गरिएकोमा आपत्ति प्रकट गर्दै थापाले छानबिन र कारबाहीको माग गरे ।

सो अवसरमा उनले संगठन र आन्दोलनलाई सङ्गै लैजानु पर्ने भएकोले विषयको गाम्भिर्यतालाई बुझेर काम गर्न भर्चुअल बैठकमा सहभागी नेता कार्यकर्तामा आग्रहसमेत गरे । –न्युजकारखानाबाट

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ५ : १३ बजे

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा

झापा– सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै

नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ?

काठमाडौँ – सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ।