गर्मीकै कारण फ्रान्समा २ महिनामा १५ सयको मृत्यु | Khabarhub Khabarhub

गर्मीकै कारण फ्रान्समा २ महिनामा १५ सयको मृत्यु


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्समा बढेको तापक्रमका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । २ महिनाको अवधिमामात्र फ्रान्समा गर्मीकै कारण झण्डै १५ सय मानिसले ज्यान गुमाएका छन् ।

उखरमाउलो गर्मीका कारण गत जुलाईदेखि जुन महिनामा १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुएजाले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरमा व्यक्ति रहेको जानकारी दिइन्।

समयमै सावधानी अपनाइएका कारण सन् २००३ मा युरोपमा देखा परेको चरम गर्मीको तुलनामा मृत्युदर १० गुणा कम रहेको बुएजाले बताइन्। गर्मी मौसमका बेला फ्रान्सका विभिन्न शहरमा रेड अलर्ट जारी गरिएको थियो। गर्मीबाट बच्न उक्त समयमा धेरै विद्यालय बन्द गर्नेदेखि लिएर सार्वजनिक सभा समारोहमा रोकसम्म लगाइएको थियो।

गत जुनमा फ्रान्समा अहिलेसम्मकै सबैभन्दा उच्च तापमान ४६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। जुलाईमा राजधानी पेरिसमा पनि तापमान ४२.६ डिग्री सेल्सियस पुगेको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार ५६७ जनाको जुन २४ देखि ७ जुलाईका बीचमा मृत्यु भएको थियो। थप ८६८ जनाको मृत्यु जुलाई २१ देखि २७ मा भएको बताइएको छ। १० जनाको मृत्यु कार्यस्थलमा भएको बताइएको छ।

गर्मीकै कारण सर्वसाधारणको सुविधाका लागि ठूला पार्क र पौडी खेल्नका लागि निर्माण गरिएका पोखरी कतिपय शहरमा खुला राखिएको थियो। प्यारिसका अधिकारीहरूले आपत्‌कालीन टेलिफोन सेवाको व्यवस्था गर्नुका साथै नगरपालिकाको भवनमा चिसिनका लागि ‘कुल रुम’ को समेत व्यवस्था गरेको थियो।

ब्रिटेन, बेल्जियम, जर्मन, लक्जम्बर्ग र नेदरल्याणड लगायतका मुलुकले पनि हालसम्मकै सर्वाधिक गर्मी समय रेकर्ड गरेको बीबीसीले उल्लेख गरेको छ। फ्रान्सबाहेक अन्य मुलुकले भने गर्मीका कारण भएको मृत्युको तथ्याङ्क सार्वजनिक गरेका छैनन्।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ४१ बजे

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज

फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

तानसेन– केही वर्ष अघिसम्म वर्खा लागेपछि यहाँका फाँट र सिमसारमा

सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर