व्यावसायिक रूपमा नौमती बजाउँदै महिला « Khabarhub

व्यावसायिक रूपमा नौमती बजाउँदै महिला


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

 इलाम– यहाँको रोङ गाउँपालिकाले नौमती बजाउने तालिम दिएपछि यहाँका महिलाहरूले व्यावसायिक रूपमा नौमती बजाउन थालेका छन् । गत पुस ४ देखि १५ गतेसम्म तालिम लिएका उनीहरू यति बेला विवाह, व्रतबन्ध, पुराणलगायत शुभ कार्यमा नौमती बजाउन व्यस्त छन् । 

उद्यमशील महिला समूह रोङ–२ की बबिता बोहोरालाई झापाबाट नौमती बजाउन निम्तो आएको छ । झापाको विर्तामोड, उर्लाबारी, धुलाबारी, दमकलगायत क्षेत्रबाट फोन आउने गरेको बोहोराले बताइन् । 

‘हालसम्म सातवटा कार्जेमा नौमती बजायौँ । अझै वैशाखसम्मलाई फोन आइरहेको छ,’ उनले भनिन्, ‘हामी  पाँचदेखि ११ जनाको टोली जान्छौँ । कसैले १० हजार कसैले १५ हजार त कसैले २०–२५ हजार दिने गर्नुभएको छ ।’

गीता कट्टेललाई नौमती बाजाको तालिम लिँदा आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन । ‘गाउँपालिकाले जुुराएको अवसर उपयोग गर्न सीप सिकौँ भनेर गएका थियौँ । तर यसरी व्यावसायिक आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन,’ कट्टेलले भनिन्। 

नौमती बजाउनेमा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न आयोजना गरिएको तालिम प्रभावकारी भएको गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले बताइन्। 

‘महिलाको क्षमता विकास गर्न, उनीहरुलाई व्यावसायिक बनाएर आर्थिक रूपमा सबल बनाउन तालिमले सहयोग पुर्‍याएको छ,’ उपाध्यक्ष भुजेलले भनिन्, ‘बाजागाजा कुनै जातले छुने, कसैले नछुने भन्ने सोच अब राख्नु हुन्न । लोप हुँदै गएका संस्कार, संस्कृति, लोकबाजा संरक्षण गर्नु सबैको दायित्व हो ।’

विभेदले समाजमा एकता नल्याउने भएकाले नौमतीलाई सबैको साझा लोकबाजाका रूपमा स्थापित गर्न तालिम लिएको अर्की सहभागी महिला भीमा भट्टराईको भनाइ छ । विगतमा नौमती छुइन्छ कि भन्दै तर्किने समुदायले नौमतीलाई साझा लोक संस्कृतिका रूपमा स्वीकार्न थालेको स्थानीय रामबहादर दर्जीले बताए। 

उनले भने, ‘यसरी सबैको सोच परिवर्तन भएमा विभेदरहित समाज सम्भव छ ।’

महिला तथा बालबालिका शाखा रोङ गाउँपालिकाको आयोजनामा तालिम दिइएको थियो । नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाई र कर्नाल हुन्छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : ५४ बजे

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार

आयल निगमले अबदेखि खान पकाउने ग्यास भरी सिलिन्डर बेच्ने

काठमाडौं- नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर)

विद्यार्थी कुटपिट घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं – काठमाडौँको बौद्धस्थित खावालिङ विद्यालयमा शिक्षिकाले एक विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति

कांग्रेसको निष्कर्ष : सुकुम्वासीमाथि सरकारी व्यवहार ‘अमानवीय’, सार्वजनिक महत्वको प्रस्ताव लैजान आग्रह

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी