भूकम्प प्रभावित म्यान्मामा बङ्गलादेशले उद्धार टोली पठाउने « Khabarhub

भूकम्प प्रभावित म्यान्मामा बङ्गलादेशले उद्धार टोली पठाउने


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ढाका– भूकम्पको राहत तथा उद्धारकार्यमा सहयोग पुर्‍याउन बङ्गलादेशको सशस्त्र बलको उद्धार टोली आइतबार विशेष उडानमार्फत म्यान्मा प्रस्थान गर्ने भएको छ ।

बङ्गलादेशको सशस्त्र बलको अन्तरसेवा जनसम्पर्क (आईएसपीआर) ले शनिबार एक विज्ञप्ति जारी गर्दै टोली आइतबार म्यान्मा प्रस्थान गर्ने जानकारी दिएको हो ।

बङ्गलादेशी सशस्त्र बलले आपत्कालीन औषधि, राहत सामग्री, उद्धार कार्य र चिकित्सा सहायता उपलब्ध गराउने जनाइएको छ ।

म्यान्मामा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण भौतिक संरचनाका साथै व्यापक रूपमा मानवीय क्षति पुगेको छ । 

राज्य प्रशासन परिषद्को मिडिया समूहले आइतबार उपलब्ध गराएको जानकारीअनुसार अहिले (आइतबार मध्यान्न) सम्म एक हजार ६४४ जनाको मृत्यु भएको, तीन हजार ४०८ जना घाइते भएका छन् भने १३९ जना हराइरहेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : २३ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको