टाइगर टेम्पलबाट उद्धार गरिएका बाघ मरे « Khabarhub

टाइगर टेम्पलबाट उद्धार गरिएका बाघ मरे


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थाईल्यान्डको एउटा विवादास्पद बौद्ध पर्यटकीय केन्द्रबाट उद्धार गरिएका एक सय ४७ बाघमध्ये आधाभन्दा बढी मरेका छन् ।

टाइगर टेम्पल भनिने उक्त स्थानबाट सन् २०१६ मा उद्धार गरिएका ८६ वटा बाघको मृत्यु भएको हो।

थाईल्यान्डको वन्यजन्तु निकुञ्ज हेर्ने निकायले धेरै बाघको मृत्यु भाइरसका कारण भएको र बसाइसराइले निम्त्याउने तनावका कारण बाघहरू दुर्बल भएको उल्लेख गरेको छ।

अधिकारीहरूले बाघको प्रजननसँग जोडिएका आनुवंशिक कारणले पनि ती संरक्षित जीवको मृत्यु भएको दाबी गरेका छन्।

संरक्षणकर्ताहरूले ती बाघलाई सुरक्षित स्थानमा राखिएको थियो कि थिएन भनेर प्रश्न गरिरहेका छन्।

टाइगर टेम्पलका भिक्षुहरूले मन्दिरमा बाघसँग दुर्व्यवहार गरेको, तिनको तस्करी गरेको वा गैरकानुनी प्रजनन गराएको आरोप अस्वीकार गरेका छन्।

सन् २०१६ देखि उक्त मन्दिर परिसर सर्वसाधारणका लागि बन्द गरिएको छ र यसबारे धेरै मुद्दा चलिरहेका छन्।

सन् २०१६ मा प्रहरीले छापा मारेपछि बाघहरूलाई राचाबुरी प्रान्तमा रहेका दुईवटा प्रजनन केन्द्रमा सारिएको थियो। त्यत्तिकै छोड्दा जीवित रहने सम्भावना न्यून हुने ठानेर बाघलाई त्यहाँ राखिएको विश्वास गरिन्छ। तर अहिले १४७ मध्ये ६१ वटा बाघ मात्रै जीवित छन्।

थाई अधिकारीहरूले सीडीभी भनिने केनाइन डिस्टेम्पर भाइरसका कारण केही बाघ बिरामी परेको बताएका छन्। धेरैलाई सास फेर्न अनि खान अप्ठेरो भएको थियो। यो समस्याका भएका धेरै बाघको अन्तत: मृत्यु भयो।

रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै टाइगर टेम्पलका संरक्षक अथिथत श्रीमानीले प्रजननका कारण बाघको मृत्यु भएको अस्वीकार गरे। उनले सरकारले आरोप प्रत्यारोपको खेल खेलिरहेको बताए।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : २८ बजे

सरकारले १ मिलियन स्वीस फ्रेन्क अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा

०६२-०६३ यताका उच्च पदस्थको सम्पत्ति छानबिन हुन्छ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित

प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रालयहरूसँग सवारी साधनको विवरण माग

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा

चुनावी धक्कापछि राष्ट्रपति मुइजुको कदम : माल्दिभ्समा मन्त्रिमण्डल पुनर्गठन

एजेन्सी– स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद