इरानमा तीन अष्ट्रेलियन नागरिक पक्राउ « Khabarhub

इरानमा तीन अष्ट्रेलियन नागरिक पक्राउ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले तीन अष्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ । इरानको फार्स समाचार संस्थाले जनाएअनुसार इरानमा तीन अष्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये दुई जनाले गैर कानूनी रुपमा सैनिक क्षेत्रको तस्बीर खिचेको तथा अर्का एक जनालाई भने तेश्रो मुलुकका लागि जासुसी गरेको अभियोगमा पक्राउ गरिएको इरानी न्यायपालिकाका प्रवक्तालाई उद्धृत गर्दै फार्सले उल्लेख गरेको छ ।

जासुसीको अभियोगमा पक्राउ परेका व्यक्तिलाई अदालतले सजाय सुनाउन भने बाँकी रहेको बताइएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरुको पहिचान भने सार्वजनिक गरिएको छैन । त्यस्तै, उनीहरुलाई कुन स्थानबाट कहिले नियन्त्रणमा लिइएको हो भन्ने पनि खुलाइएको छैन ।

यता अष्ट्रेलिया सरकारले भने इरानमा नियन्त्रणमा लिइएका आफ्ना नागरिक तथा उनीहरुका परिवारलाई कन्सुलर सेवा उपलब्ध गराइएको जनाएको छ । यसअघि गतसाता अष्ट्रेलिया सरकारले इरानमा आफ्ना तीन नागरिकहरु बन्दी बनाइएको जनाएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ११ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको