साउदीको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानी हतियारको प्रयोग « Khabarhub

साउदीको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानी हतियारको प्रयोग


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबले शनिबार मुलुकको पूर्वी क्षेत्रमा रहेको अबकायक र खुराइश तेल प्रशोधन केन्द्रमा गराइएको ड्रोन हमलामा इरानी हतियारको प्रयोग भएको प्रमाण फेला परेको दाबी गरेको छ ।

साउदी अरबको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै आक्रमणमा इरानी हतियार प्रयोग भएको प्रमाण फेला परेको र यसबारे संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय विशेषज्ञको सहयोगमा अनुसन्धान अघि बढाइने उल्लेख गरेको छ । अर्कोतर्फ अमेरिकी रक्षामन्त्री मार्क एस्परले भने आक्रमणमा इरानको संलग्नता देखिएको जनाएका छन् ।

उनले साउदी युवराज मोहम्मद बिन सलमानसँग टेलिफोन कुराकानीका क्रममा यसको जवाफ दिनका लागि उपलब्ध सबै विकल्पहरुको अध्ययन भइरहेको उल्लेख गरेका छन् । यसअघि अमेरिकी विदेशमन्त्री माइक पम्पेओले पनि आक्रमणमा इरानको हात रहेको जनाएका थिए ।

विज्ञप्तिमा साउदी विदेशमन्त्रालयले साउदी अधिराज्य आफ्नो मुलुकको रक्षा गर्न सक्षम रहेको र आक्रमण गर्नेविरुद्ध जवाफ दिन तयार रहेको जनाएको छ । साउदी अरबको आधा तेल उत्पादन प्रभावित हुनेगरी शनिबार गराइएको आक्रमणको जिम्मा यमनमा सक्रिय हुथी लडाकु समूहले लिएपनि साउदी अधिकारीले भने आक्रमणमा हुथी लडाकुको संलग्नता रहेकोमा आशंका रहेको जनाएका छन् ।

यमनमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाको कमाण्डर रहेका साउदी सैनिक अधिकारी तुर्की अल मलिकीले भने ती ड्रोन यमनबाट प्रक्षेपाण गरिएकोमा आशंका रहेको र ड्रोन प्रक्षेपण स्थलको पहिचान गर्ने काम भइरहेको जनाएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ३० बजे

०६२-०६३ यताका उच्च पदस्थको सम्पत्ति छानबिन हुन्छ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित

प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रालयहरूसँग सवारी साधनको विवरण माग

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा

चुनावी धक्कापछि राष्ट्रपति मुइजुको कदम : माल्दिभ्समा मन्त्रिमण्डल पुनर्गठन

एजेन्सी– स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद

जुम्लामा नौ हजार घरधुरीमा विद्युत्को पहुँच

जुम्ला– जुम्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका गरी आठवटा स्थानीय तहका