किर्गिजस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप, ४ सैनिक मारिए « Khabarhub

किर्गिजस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप, ४ सैनिक मारिए


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुशान्बे– मध्य एशियाली मुलुकहरु किर्गिजस्तान र ताजिकिस्तानको सीमाक्षेत्रमा दोहोरो झडप हुँदा कम्तीमा ४ सैनिक मारिएका छन् ।

किर्गिजस्तानको बाटकेन क्षेत्र तथा ताजिकिस्तानको सुगुद प्रान्तको सीमाक्षेत्रमा पर्ने ओविची कलाचा गाउँमा दुई मुलुकका सेनाबीच रातको समयमा झडप भएको र झडपका क्रममा तीन ताजिक सैनिक तथा एक किर्गिज सैनिक मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

झडपमा दुबै पक्षका गरी १८ जना घाइते भएको बताइएको छ । झडप हुनाको कारणलाई लिएर पूर्व सोभियत दुई मुलुक आरोप प्रत्यारोपमा उत्रिएका छन् । किर्गिज र ताजिक दुबै सरकारले एक अर्काले सीमाक्षेत्रमा गैरकानूनी रुपमा निर्माणको काम अघि बढाएका कारण झडप भएको भन्दै एकले अर्कोलाई दोषारोपण गरेका छन् ।

किर्गिज सरकारले ताजिक राजदूतलाई बोलाएर स्पष्टीकरण सोधेको जनाइएको छ । झडप भएको क्षेत्रमा ताजिक उपप्रधानमन्त्री अजिम इब्राहिमले भ्रमण गरेको तथा किर्गिज प्रधानमन्त्री मुखम्मदकाल्यी अब्यलगजियेभले भ्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई मुलुकको सीमाक्षेत्रमा पर्ने फेर्गाना उपत्यकाको सीमाका विषयमा ताजिकिस्तान र किर्गिजस्तानबीच तत्कालिन सोभियत संघबाट ३० वर्षअघि स्वतन्त्रता पाएयता विवाद रहँदै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ४० बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल