प्रत्यारोपण केन्द्रमा वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई निःशुल्क ओपीडी क्लिनिक | Khabarhub Khabarhub

प्रत्यारोपण केन्द्रमा वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई निःशुल्क ओपीडी क्लिनिक


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक श्रमिक रोजगारीबाट फर्केकाहरूको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा निःशुल्क ओपीडी क्लिनिक तथा २४ सै घण्टा अनलाइन परामर्श सेवा सुरु गरिएको छ ।

केन्द्रको १३ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक विशेष कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट उक्त सेवाको समुद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्रीले नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई वैदेशिक रोजगार गएको अवस्थामा आफ्नो स्वास्थ्य सम्बन्धी सेवाको परामर्श सहज होस भन्नको लागि टोल फ्री कल वा सोसियल मिडियाको प्रयोग गरी विदेशबाट समेत परामर्श लिन सक्ने व्यवस्था श्रम रोजगार मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहकार्य हुने गरी सुरु गरेको बताए । 

वैदेशिक रोजगारबाट व्यक्तिको स्वास्थ्य परीक्षण सुलभ र सहज रूपमा उपलब्ध गराउनको लागि छुट्टै निःशुल्क ओपीडी सञ्चालन भएको मन्त्री पौडेलले जानकारी गराए । 

वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू अंग फेल भई आउनेको संख्या बढी भएकोले आफूले सबै भन्दा बढी माया गर्ने आफ्नै शरीर बचाउनको लागि श्रम मन्त्रालयसँग सहकार्य गरी सेवा उपलब्ध गराउन लागिएको हुँदा विदेश जान लाग्नु भएका, वैदेशिक रोजगारमा रहेका र वैदेशिक रोजगारबाट फर्केकाहरूले यो सेवा लिई लाभान्वित हुन आह्वान गरे । 

उक्त कार्यको लागि मोबाइल नं ९७६३४९०९०० मा चौबिसै घण्टा उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : २३ बजे

‘जेन–जी’ आन्दोलन : अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना

पाँचथर– वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताएर गत

वैशाखदेखिको विपदका घटनामा २४३ जनाको मृत्यु

काठमाडौं– गत वैशाखदेखि हालसम्म देशभर तीन हजार ६८१ विपदका घटना

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित

काठमाडौं – एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले