आजका समाचार : ओलीले पूर्वाग्रह राखेर मुद्दा लगाउन खोजेको माधवको गुनासो, मनाइयो बकर ईद र मस्कसँग लफडापछि टेस्ला बेच्दै ट्रम्प | Khabarhub Khabarhub

आजका समाचार : ओलीले पूर्वाग्रह राखेर मुद्दा लगाउन खोजेको माधवको गुनासो, मनाइयो बकर ईद र मस्कसँग लफडापछि टेस्ला बेच्दै ट्रम्प


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

पतञ्जलि भ्रष्टाचार मुद्दा प्रकरण : माधव नेपालले भने– बदलाको भावनाले केपी ओलीलाई पोल्यो
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाग्रह राखेर भ्रष्टाचार मुद्दा लगाउन पहल गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोर्‍याएका छन् । पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले पूर्वाग्रह राखेर आफूविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लगाउन खोजेको दाबी गरे ।

‘हाम्रो पार्टीको भूमिका महत्वपूर्ण रहेको छ । हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन् । आतङ्कित भएका छन्, पूर्वाग्रह राखेर बसेका छन्,’ अध्यक्ष नेपालले भने, ‘बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण भर्खरै तपाईहरूले सुन्नभयो, ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ ।’

उनले भ्रष्टाचारको मुद्दाका लागि निर्णयको आधार चाहिने भन्दै आफूले जनतालाई नोक्सान हुने कुनै काम गरेको भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको पनि बताए । ‘भ्रष्टाचारको केसका लागि निर्णयको आधार चाहिन्छ । माधव नेपालले कसैसँग एक नयाँ पैसा घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु,’ नेपालले भने ।

राप्रपाको युवा संगठनले भन्यो– तरुण दलको भवन निर्माण गर्न राज्यकोषको रकम दुरुपयोग भयो

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

वैज्ञानिक आधारमा खाद्य स्वच्छताको सुनिश्चितता गरिन्छ : कृषिमन्त्री 

आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

पार्टीभित्रको आत्मनिन्दा र गुटबन्दीले कांग्रेस कमजोर हुन्छ : प्रकाशशरण महत

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’
आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने धारणा अर्थतन्त्रका जानकारहरूले व्यक्त गरेका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठन काठमाडौँ जिल्ला समितिले आयोजना गरेको ‘बजेट २०८२-८३ समीक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा वक्ताहरूले असहज अवस्थामा प्रस्तुत बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने टिप्पणी गरेका हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.रमेश पौडेलले दुई ठूला दल मिलेर बनेको दुई तिहाइको सरकारले ल्याएको बजेटबाट अर्थतन्त्र सुधारको ठूलो गुञ्जायश नदेखिएको बताए।

‘प्राविधिक रुपबाट हेर्दा आगामी आवको बजेट धेरै विवादित देखिँदैन, तर यो सरकारले बजेटमार्फत नीतिगत फड्को ९पोलिसी डिपार्चर० गर्ने मौका गुमाएको छ’, उनले भने, ‘अहिले सरकार र बजेटप्रति मान्छेको विश्वास घटेको बेला त्यो विश्वास बढाउने गरी बजेट आउन पर्ने थियो । गर्न सकिने काम मात्र बजेटमा राख्ने हो भने नागरिकको विश्वास आफै बढ्थ्यो ।’

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

जनताको खाँचोका सेवामा संवेदनशील हुन परराष्ट्रमन्त्रीको आग्रह

समस्या बुझ्न जनता माझ माओवादी केन्द्र : नेता पोखरेल

सीपसहितको सक्षम जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

हुलाक सेवासँगै व्यापार गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बकर ईदको शुभकामना व्यक्त गरेका छन् ।

ईदको अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहने सबै नेपालीमा पवित्र पर्व इद–उल–अज्हाको शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश नेपालमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस् भन्ने कामना गरेका छन् । यस्तै, उनले न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् भनेका छन् ।

बकर इदले सबै नेपालीमा पारस्परिक सद्भाव मजबुत बनाएको छ : सभामुख घिमिरे

राष्ट्रपति पौडेलबाट बकर ईदको शुभकामना

‘बकर ईद’ समुदाय विशेष मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छ : प्रचण्ड

मुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाउँदै

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

बाम्का बजार आगलागी : सरकारसँग राहतको माग
बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ ।

बुढीगङ्गा नगरपालिका– ६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । उक्त आगलागीबाट ३० पसल जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

ग्यास पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए ।

सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

म्याग्दे गाउँपालिकाका ६६ श्रमिक मजदुर कोषमा सूचिकृत

पोखरीमा डुबेर दुई बालकको मृत्यु

रिडी-तम्घास सडकखण्डमा कालोपत्र

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद

सुदूरपश्चिममा थप चार जनामा कोरोना सङ्क्रमण

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा एल्युमिनियममा ५० प्रतिशतसम्मको भन्सार शुल्कवृद्धिले विश्व व्यापारमा असन्तुलन र अविश्वास बढ्न सक्ने चिन्ता एक वरिष्ठ अर्थविश्लेषकले व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।

बोस्निया हर्जेगोभिनाका आर्थिक विश्लेषक गावरान इगोरले अमेरिकाको पछिल्लो निर्णयले बहुपक्षीय व्यापार प्रणालीलाई कमजोर पार्ने भन्दै यस्तो एकपक्षीय कदमले दीर्घकालीन रूपमा सबै देशहरूलाई असर गर्ने चेतावनी दिए ।

उनले भने, ‘यस प्रकारका एकतर्फी नीतिहरूले आपसी विश्वासलाई खल्बल्याउँछ र साझेदार देशहरूलाई समकक्षको रूपमा नभई अधीनस्थको रूपमा व्यवहार गरिएको महसुस गराउँछ ।’

मस्कसँग लफडा परेपछि टेस्ला बेच्दै ट्रम्प

स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृत्यु, दर्जनौं घाइते


























प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ७ : ५९ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का