आजका समाचार : एमाले पोलिटब्युरो बैठक सम्पन्न, कांग्रेसलाई गुट-उपगुटबाट जोगाउन नेताहरूको जोड र गाजामा खाद्य संकट | Khabarhub Khabarhub

आजका समाचार : एमाले पोलिटब्युरो बैठक सम्पन्न, कांग्रेसलाई गुट-उपगुटबाट जोगाउन नेताहरूको जोड र गाजामा खाद्य संकट


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं’
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जारी बैठकमा १० वटा प्रस्ताव राखेका छन् । बस्नेतले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुनेदेखि आन्तरिक बसाइँसराइ तीव्र भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी गठन गर्ने सम्मका प्रस्ताव राखेका हुन् ।

नेता बस्नेतले आफूले बैठकमा राखेका विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काएर इथिकल र प्रक्रियागत गल्ती गर्न नहुने उनको सुझाव छ ।

‘जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खादैन । पार्टीको दायित्व छनोट चाहानाले मात्र होइन,विधि सम्मत प्रक्रियाले हुन्छ ।’ भण्डारीको सदस्यता नवीकरण वा नयाँ लिनुपर्ने अवस्थामा पनि लहडमा होइन केन्द्रीय कमिटीबाट निर्णय गर्नुपर्ने उनले बताएका छन् । ७० वर्षे उमेर हदका बारेमा बोल्दै उनले राजनीतिक अवकास स्वचालित होइन,स्वेच्छाले र क्षमता क्षमताको विषय भएको उनको भनाइ छ ।

एमाले पोलिटब्युरो बैठक : उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी

कुनै समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको उद्देश्य हो : मन्त्री यादव

महाभारत गाउँपालिका अध्यक्षले बुझाए गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

सञ्चार उद्यमी धितालका हत्यारालाई कारवाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री

कांग्रेसलाई गुट-उपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड
नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए।

उनले भने, ‘पार्टी कार्यकर्ता गुटमा विभाजन हुँदा पार्टी कमजोर भएको छ । पार्टीलाई एक ढिक्का बनाउन लोकतन्त्रमा आस्था राख्ने सबैजना सक्रिय हुने समय आएको छ ।’

नेपाली कांग्रेस भक्तपुर जिल्ला सचिव राजेश खड्काले केन्द्रदेखि वडासम्म फैलिएको गुटको अन्त्य नभएसम्म एकजुट भएर जनताको लागि काम गर्न गाह्रो हुने बताए।

जिल्ला सहसचिव कृष्णमुरारी न्यौपाने, क्षेत्रीय सभापति भेषबहादुर कार्की र प्रदेश सभापति प्रदीप कार्कीले राजनीतिक व्यवस्था परिवर्तनसँगै जनताको अवस्था परिवर्तनको लागि कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिए

सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन काम भइरहेको छ : मन्त्री चौरसिया

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी

सुदूरपश्चिममा छाउपडीविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन

तरकारी र खसीबोका बिक्रीबाट महाशीलामा भित्रियो साढे तीन करोड
पर्वतको महाशिला गाउँपालिका किसानले तरकारी र खसीबोका बिक्री गरेर मात्रै रु साढे तीन करोड भित्र्याउन सफल भएको छ । गाउँपालिकाले कृषि तथा पशु पशुजन्य उत्पादन वृद्धि गरी नागरिकको आयस्तरमा अभिवृद्धि गर्नका लागि विभिन्न प्रोत्साहन मूलक कार्यक्रम सुरु गरेसँगै गत आर्थिक वर्षमा झण्डै रु साढे तीन करोड भित्रिएको हो ।

महाशीलाका छ वटै वडामा व्यावसायिक तरकारी खेती तथा बाख्रापालन गरिँदै आएको छ । पालिकाका सबै वडामा सडकको सहज पहुँच पुगेसँगै उत्पादित वस्तुको सजिलै निर्यात गर्न सकिने भएकाले एकै वर्षमा ठूलो परिमाणमा आम्दानी गर्न सफल भएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिइन् ।

अध्यक्ष भुसालका अनुसार गत आर्थिक वर्षमा महाशीलाबाट एक करोड ५० लाखको तरकारी र रु दुई करोडको खसीबोका निर्यात भएको छ । गाउँमा उत्पादित अर्गानिक र स्वास्थ्य कर हुने भन्दै ग्राहकको पहिलो रोजाइ बनेको हाल पोखराको बिरौटामा बस्दै आएका महाशिला गाउँपालिका–५ का पूर्वअध्यक्ष जीवन विक्रम उच्चैले बताए।

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

नहरमा डुबेर एक जनाको मृत्यु

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

उपल्लो मुस्ताङमा हिउँ चितुवापीडितलाई राहत वितरण

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले उपल्लो मुस्ताङका हिउँ चितुवापीडित पशुपालक किसानलाई राहत वितरण गरेको छ ।

एक्याप लोमान्थाङले आर्थिक वर्ष २०८१(८२ मा उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट पीडित किसानलाई राहत वितरण गरेको जनाएको छ । उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट क्षति भएका १२५ वटा पशुचौपायाको राहत स्वरुप ११ लाख ३५ हजार भुक्तानी गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । हिउँ चितुवाको आक्रमणबाट क्षति भएको पशुधनको ४३ प्रतिशत मात्रै राहत भुक्तानी र अझै रु २६ लाख ९४ हजार अर्थात् ५७ प्रतिशत राहत रकम वितरण गर्न बाँकी छ ।

उपल्लो मुस्ताङमा आर्थिक वर्ष २०८०-८१ मा २२ पशुधन क्षति भएको र राहत स्वरुप रु चार लाख १८ हजार र आर्थिक वर्ष २०८१-८२ मा क्षति भएको १०३ पशुधनको राहत रु २२ लाख ७६ हजार वितरण गर्न बाँकी रहेको एक्याप लोमान्थाङको भनाइ छ ।

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

जडीबुटीका बिरुवासँगै तालिम दिँदै वनस्पति अनुसन्धान केन्द्र

तनहुँमा चैते धान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते

मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त

मुग्लिन(पोखरा सडक : चिटिक्क !(तस्बिरहरू)
मुग्लिन(पोखरा सडक अन्तर्गत तनहुँ खण्डको काम लगभग सकिएको छ । मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४१.५ किलोमिटर चार लेन सडक कालोपत्रे भइसकेको छ । यसैगरी डुम्रे र दमौली बजारमा ६ लेनको सडक बनाइएको छ ।

‘मेजर कामहरू सबै सकियो। छिटफुट कामहरू जस्तै एप्रोच रोड र सडक सुरक्षाका कामहरू बाँकी छन् । ट्राफिक संकेतहरु राख्न बाँकी छ,’ उनले भने ।

निर्माण व्यवसायीका प्रतिनिधि दिनेशकुमार श्रेष्ठले मादी नदीमा ३१८ मिटर लम्बाइको मोटरेबल पुल निर्माण भइरहेको बताए । तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा पृथ्वी राजमार्गकै सबैभन्दा लामो ‘आर्क डिजाइन’को चार लेनको पुल निर्माण भइरहेको छ ।

ऐनापहरामा ‘स्काइ वाक’ सञ्चालन

पोखरा-मुग्लिन सडक : पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको वार्षिकोत्सवमा रक्तदान 

हलगोरु पाल्ने २७५ किसानलाई गाउँपालिकाको अनुदान

म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान

महाकाली सामुदायिक वनको घुम्ती कोषले गरिबी घटाउँदै, रोजगारी बढाउँदै

झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना : ९५ जनाको मृत्यु

यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता
संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् ।

संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय (ओसीएचए)ले सार्वजनिक गरेको प्रतिवेदनमा इजरायली प्रशासनले गाजाको उत्तरी क्षेत्रमा पुनः जबरजस्ती विस्थापनको आदेश दिएको उल्लेख गरिएको छ । त्यहाँका अस्पतालमा उपचारको अभावका कारण कुपोषित बालबालिका र वयस्कहरू ज्यान जोखिममा परेका छन् ।

पछिल्ला दिनहरूमा इन्धन संकट अझै चर्किएको छ । सीमित मात्रामा इन्धन आए तापनि फोहर व्यवस्थापन रोकिएको छ भने डिर अल बलाह क्षेत्रमा पानीका कुवाहरू बन्द भएका छन् । यस्तै, डायलाइसिसजस्ता जीवनरक्षक स्वास्थ्य सेवाहरू पनि बन्द हुनुका साथै अन्य सेवा रोक्ने तयारी भइरहेको छ ।

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनमाथि अर्को मुद्दा दर्ता

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

युक्रेनमा रूसी ड्रोन आक्रमण, एक जनाको मृत्यु

गर्भमै ‘बुकिङ’, जन्मेलगत्तै नवजातको तस्करी

नाइजरमा दुई भारतीय नागरिकको हत्या 





























प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : ५९ बजे

कर्णालीमा अझै ५० ठाउँमा तुइन

सुर्खेत– तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको

भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको कमब्याक

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा टोली बीचको दोस्रो टेस्टमा

दुई नेपाली फिल्मलाई ६ शो, हलमा १२ वटा विदेशी फिल्म

काठमाडौं – प्रदर्शनका हिसाबले असार महिना नेपाली फिल्मका लागि खासै

रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बीमा दाबी

काठमाडौं– रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक

गाजामा राहत माग्नेविरुद्ध निर्मम बन्दै इजरायली सेना : एकै दिन ९३ जना मारिए

गाजा – राहतको लागि लाइनमा बसेकामाथि इजरायली सेनाले आक्रमण गर्दा