ऊर्जामन्त्री भन्छन्- अब विद्युत् खेर जाने अवस्था रहँदैन
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अब देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने विश्वास व्यक्त गरेका छन् ।
पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० के.भी. प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री खड्काले ट्रान्समिसन लाइनको अभाव अब दूर हुने र यो सहकार्यले ऊर्जा विकास मार्गचित्रअनुसारको लक्ष्य प्राप्तिमा ठोस टेवा पुर्याउने बताए ।
‘ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण आशा जगाएको यस समझदारीले प्रसारण संरचनाको अभाव पूर्ति गर्छ र उत्पादित विद्युत् खेर जाने समस्या अन्त्यतर्फ जान्छ। निजी क्षेत्रले पनि उत्पादन र बिक्री गर्न पाउने वातावरण बनाउन सरकार सकारात्मक छ। आन्तरिक खपतसँगै बढी विद्युत् बिक्रीका लागि निजी क्षेत्रलाई सहज वातावरण बनाउन काम भइरहेको छ,’ मन्त्री खड्काले भने ।
पर्यटन नीति, २०८२ जारी : पर्यटनको विकासदेखि स्वरोजगार पैदा गर्नेसम्मको उद्देश्य
१० लाखभन्दा बढीको क्यासिनो खोल्नेको विवरण वित्तीय जानकारी इकाइमा दिनुपर्ने
रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बीमा दाबी
नेपालमा शिक्षा र स्वास्थ्यका पाँच परियोजनाका लागि भारतको ३९ करोड अनुदान
नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रका पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयन गर्न भारत सरकारले करिब ३९ करोड रुपैयाँ बराबरको अनुदान सहयोग दिने भएको छ।

यस सम्बन्धमा काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच आज समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको भारतीय दूतावासले जनाएको छ।
आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व संकलन
१० लाखभन्दा बढीको क्यासिनो खोल्नेको विवरण वित्तीय जानकारी इकाइमा दिनुपर्ने
काँकरभिट्टाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ ।
लाभांश वितरणलाई पारदर्शी एवं व्यवस्थित बनाउने अभिप्रायका साथ उक्त मार्गदर्शन जारी गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले जानकारी दिए ।

आर्जन गरेको मुनाफाको बाँडफाड तथा लाभांश वितरणलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यका साथ केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो ।
उक्त मार्गदर्शन कार्यान्वयनबाट संस्थाहरुले आर्जन गरेको मुनाफाको वितरण तथा पुनः लगानी थप प्रभावकारी भई सम्बन्धित संस्थाको जोखिम बहन गर्न सक्ने क्षमता र कार्यक्षमता वृद्धि हुँदै जाने र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
अर्थमन्त्री र चीनको सिड्का अध्यक्षबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
सार्वजनिक-निजी साझेदारीमा चार वटा प्रसारण लाइन बनाउन प्राधिकरणले माग्यो आशय प्रस्ताव
बागलुङ नगर अस्पताल भवन निर्माण : चार वर्षमा आधा मात्रै काम
२१ अंकले बढ्यो नेप्से, कारोबार १६ अर्ब बढी
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.७६ अंकले बढेको छ । बजार बन्द हुँदा उच्च अंकले बढेको देखिए पनि औसत १५ मिनेट गरेकाले नेप्से ०.७५ प्रतिशतले बढेको देखिएको हो ।

बजार बढेर परिसूचक २८९२.७२ पुगेको छ । सोमबार बजारमा उच्च वृद्धि हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको छ ।
सोमबार १५३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर भएको छैन ।
६ करोड ४५ लाख शेयरमा ठगी गरेको आरोपमा लगानीकर्ता अग्रवाल पक्राउ
प्रतिक्रिया