पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ | Khabarhub Khabarhub

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको छ । अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ-रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार राति स्वागत गरेपछि वार्ता भएको थियो ।

वार्ताका लागि पुटिन आफ्नो एल ९६-३०० पीयु विमानमा अङ्करेज पुगेका थिए । उनको प्रतिनिधिमण्डल बोकेको टीयु-२१४ विमान पनि साथमा थियो।

अलास्का वार्तापछि संक्षिप्त टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा पुनः भेट हुने संकेत दिए। उनले भने, ‘हामी चाँडै फेरि कुरा गर्नेछौँ’ सम्भव भएसम्म चाँडै भेट्नेछौँ। धेरै धन्यवाद, भ्लादिमिर।’

जवाफमा राष्ट्रपति पुटिनले अबको वार्ता मस्कोमा हुने बताए उनले भने, ‘अर्को पटक मस्कोमा’। यसमा फेरि प्रतिक्रिया दिँदै ट्रम्पले मुस्कुराए। तर आफूले गाली खाने संशय पनि उनले व्यक्त गरे । ‘त्यसमा म केही आलोचना खान सक्छु… तर यो सम्भव पनि हुनसक्छ,’ उनले भने ।

यस शिखर वार्तामा अमेरिकाले सैन्य शक्ति प्रदर्शन र कूटनीतिक सन्देश दुवै दिन खोजेको विश्लेषण गरिँदैछ । ट्रम्पले शिखर वार्तालाई उच्च अंक दिए पनि नतिजा निस्किएन ।

फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले पुटिनसँगको शिखर वार्तालाई १० अंक दिने बताए। वार्तालाई लिएर ठूलो प्रचार भए पनि युक्रेन युद्धको दिशा परिवर्तन गर्नसक्ने कुनै ठोस प्रगति भएको स्पष्ट छैन।

अमेरिकी रक्षा मन्त्रालयको सचिवालयअन्तर्गत रूस विभागका पूर्वनिर्देशक म्याट डिम्मिकले अलास्काको पत्रकार सम्मेलनमा ट्रम्पको शान्त मुडले युक्रेन युद्ध रोकिनेतर्फ कुनै प्रगति हुन नसकेको बताए ।

डिम्मिकले भने, ‘दुवैजना आए, छोटकरीमा बोले, अस्पष्ट शब्द प्रयोग गरे । पत्रकारसँग छलफल गर्न उनीहरूसँग कुनै ठोस उपलब्धि थिएन, यसले नै यो बैठकको सम्पूर्ण सन्देश दिन्छ।’

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ८ : १० बजे

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा

टप एन्ड टी२० : नेपाल बङ्गलादेश ‘ए’सँग पनि पराजित

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा