एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत  « Khabarhub

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो देखिएको हो । 

गत वर्ष ४० अर्ब २१  करोड रुपैयाँ बराबरको साधारण शेयर, २४ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर, १३ अर्ब २३  करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ११ करोड रुपैयाँ २० लाख बराबरको एफपीओ र ३ अर्ब ९६  करोड रुपैयाँ बराबरको अन्य शेयर सूचीकृत भएका छन् । 

२०८१ असार मसान्तमा २२४०.४१ रहेको नेप्से सूचकाङ्क २०८२ असार मसान्तमा २७९४.७९ कायम भएको राष्ट्र बैंले जनाएको छ । 
२०८२ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ । 

२०८१ असार मसान्तमा बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६८  करोड रुपैयाँ रहेको थियो । २०८१ असार मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ६२.२५ प्रतिशत रहेकोमा २०८२ असार मसान्तमा ७६.२५ प्रतिशत रहेको छ । 

२०८२ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ असारमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० रहेको थियो । 

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५४.१ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.८ प्रतिशत रहेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २०८२ असार मसान्तमा सूचीकृत ८ अर्ब ८२ करोड रुपैयाँ शेयरको चुक्ता मूल्य ८६९ अर्ब ८६  करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा बोर्डले १५ अर्ब ४१  करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १५ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० अर्ब ६२ करोड रुपैयाँ बराबरको डिबेन्चर र ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको साधारण शेयर गरी कुल ४५ अर्ब १६ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ३ : ०७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट