काठमाडौं- दिनभर आज तीज मनाइयो, इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हट्यो सरकार, ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित, हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द, उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्नेजस्ता समाचारले प्रमुख स्थान पाए ।
मनाइयो तीज
आज हरितालिका तीज धुमधामसँग मनाइएको छ । नेपाली महिलाको महान् चाड तीजका दिन आज राजधानीको पशुपतिनाथसहित देशभरका शिवालयमा भीड लाग्यो । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।
पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला
तीज : संस्कृति, मनोरञ्जन र सामाजिक जागरणको त्रिवेणी
उहिलेका सगिनी अर्थात् तीजका गीत
दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव
तीजका अवसरमा आज राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजका अवसरमा शुभकामना दिँदै ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् भन्ने कामना गरेका छन् । त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले पनि शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गरेका छन् ।
व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व जोडिएको छ : प्रधानमन्त्री
तीज भावनात्मक एकता, माया र करुणाको प्रतीक : राष्ट्रपति
तीजले एकजुट हुन प्रेरणा दिन्छ : राष्ट्रियसभा अध्यक्ष दाहाल
तीजले महिलामा सशक्तीकरणको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : उपसभामुख राना
तीजले हाम्रो संस्कृतिक पहिचानलाई मजबुत बनाएको छ : सभापति देउवा
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित
नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित भएकी छिन् ।
समितिको सभापतिमा उम्मेदवारी दिएकी उनीविरुद्ध अरू कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि निर्विराेध निर्वाचित भएकी हुन् । उनको प्रस्तावकमा साेही समितिका निर्वतमान सभापति सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए ।
राज्यव्यवस्था तथा सुशासन समितिमा काँग्रेसले ईश्वरी न्यौपानेलाई पठाउने
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बन्न ईश्वरी न्यौपानेले दिइन् सुनुवाइ समितिबाट राजीनामा
राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीको उम्मेदवारी; प्रस्तावक रामहरि, समर्थक कृष्णगोपाल
इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हट्यो सरकार
इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडि हटेको छ ।
यातायात व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट बाध्यकारी नभइ स्वैच्छिक भएको जनाएको छ । यसअघि यो बाध्यकारी बनाउने भनिएको थियो ।
विभागका अनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था अनिवार्य गरिएको र यातायात व्यवस्था ऐन, २०४९, यातायात व्यवस्था नियमावली, २०५४ तथा मन्त्रिपरिषद् बैठकका निर्णयहरूमा आधारित रहेको प्रष्टीकरण दिएको छ ।
उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने
सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको छ । अर्थ मन्त्रालयले यस वापत ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैया निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यलयमार्फत किसानको बैंक खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषदको बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेपनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाई गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौ केन्द्रित आन्दोलन गर्दे आएका छन् ।
सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला
उखु किसानसँगै पलेँटी कसे नारायणकाजीले (तस्बिरहरू)
बालेनमाथि दबाब बढाउँदै कवाडी व्यवसायी, फेरि घेरे महानगर
संघीय राजधानी काठमाडौंका कवाडी व्यवसायीहरूले दिनदिनै महानगरपालिकाको कमलादीस्थित कार्यालय घेर्न थालेका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले डोजर आतंक मच्चाएको भन्दै कवाडी व्यवसायीहरू संगठित रुपमा प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले मंगलबार पनि कमलादीस्थित काठमाडौँ महानगर कार्यालय घेरेका छन् ।
विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलित कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिका कार्यालय घेराउका क्रममा बालेनविरुद्ध अप्रिय र आपत्तिजनक नाराबाजी र प्लेकार्ड पनि प्रदर्शन गरे ।
हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द
पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने भएको छ ।
सहरभरी हैजा फैलिएका कारण थप संक्रमणबाट जोगिन महानगरले विद्यालय बन्द १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न आह्वान गरेको थियो ।
प्रतिक्रिया