अर्थसंक्षेप : शेयर बजारमा मौद्रिक नीतिको प्रभाव न्यून, बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, राष्ट्र बैंकले ५० अर्ब खिच्दै र पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकता « Khabarhub

अर्थसंक्षेप : शेयर बजारमा मौद्रिक नीतिको प्रभाव न्यून, बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, राष्ट्र बैंकले ५० अर्ब खिच्दै र पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकता


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैंकिङ प्रणालीमा अत्याधिक पैसा थुप्रियो, राष्ट्र बैंकले ५० अर्ब खिच्दै

बैंकिङ प्रणालीमा अत्याधिक पैसा थुप्रिएको छ । पैसा अत्याधिक भएर बुधबार (आज) नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रिय बैंकले २५ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल मार्फत पैसा खिच्ने भएको हो ।

राष्ट्र बैंले बुधबार खिचेको पैसाको साँवा तथा ब्याज असोज १२ गते दिने भएको छ । बोलकबोल गर्ने घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्ने सकिने राष्ट्र बैंकले जनाएको छ ।

मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह

पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा : मन्त्री खड्का

विनोद चौधरीले भने- सरकारले अनुदान कटौती गर्नु भनेको उखु किसानलाई पीडा थप्नु हो 

बुधबार नेप्से साढे १५ अंकले घट्यो, कारोबार कति ?

बुधबार पनि शेयर बजार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६४ अंकले घटेको छ । नेप्से ०.५७ प्रतिशतले घट्दा परिसूचक २७२६.३३ विन्दुमा आएको छ ।

बुधबार नेप्से घट्दा ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

दिनभरमा ३२६ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ५९४ पटक शेयर किनबेच भएको छ ।

टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा 

मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह

चौताराका किसान किबीखेतीमा आकर्षित

अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका–४ का किसान अलैँचीमा रोग लागेपछि निराश भएका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैँचीखेती सखाप भएको छ ।

विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर किसानले अलैँंचीखेती गरेका थिए । केही वर्षयता रोगले अलैँची उत्पादनमा कमी आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय किसानले खेती गर्न छाडेका छन् । अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।

पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गरेका शशिनाथ शाक्यले वार्षिक पाँच लाख आम्दानी गर्थे। तर उनको व्यवसाय अलैँचीमा सिन्धुरे र गानो कुहिने रोग लागेपछि सखाप भयो । अलैँचीको बेर्ना उत्पादन तथा अलैँची भट्टी राखेर बिक्री गरेर लाखौँ आम्दानी गर्ने शाक्य अहिले न अलैँची बेर्ना उत्पादन गर्छन् न तयारी अलैँची बिक्री नै गर्छन्।

‘स्याफ्रु–रसुवागढी सडकखण्ड सञ्चालन गर्न अनुरोध’

म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

शेयर बजारमा मौद्रिक नीतिको प्रभाव न्यून, कारोबारी हाबी हुँदा लगानीकर्ता अन्योलमा

नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिलाई लगानीकर्ताले शेयर बजारमैत्री भन्दै स्वागत गरे पनि बजारमा अपेक्षित सुधार भने देखिएको छैन ।

व्यक्तिगत शेयर धितो कर्जाको सीमा बढाउने, लघुवित्त कम्पनीहरूको लाभांश वितरणमा लचकता अपनाउने लगायत प्रावधानले लगानीकर्ताको माग सम्बोधन गरे पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक भने उल्लेखीय बढ्न नसकेको हो ।

गभर्नर डा. विश्वनाथ पौडेलले लगानीकर्ताका प्रायः गरेर सबै माग मौद्रिक नीतिमार्फत सम्बोधन गरिदिइसकेका छन् । केही समय अघिमात्र लघुवित्त कम्पनीहरूको लाभांश वितरणमा रहेको १५ प्रतिशतको सीमा परिवर्तन गरी २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने पाउने व्यवस्था छ ।

समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 

प्रभु बैंकले पायो नेपालको उत्कृष्ट एसएमई डिजिटल बैंकको अवार्ड

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : २२ बजे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

मध्यविन्दु– नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको