आफूहरुलाई सहयोग गर्नु अमेरिकाको नैतिक जिम्मेवारी – कुर्द लडाकु « Khabarhub

आफूहरुलाई सहयोग गर्नु अमेरिकाको नैतिक जिम्मेवारी – कुर्द लडाकु


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी सिरियाका कुर्द लडाकुले आफूहरुलाई सहयोग गर्नु अमेरिकाको नैतिक जिम्मेवारी भएको बताएका छन् ।

टर्कीको आक्रमण सामना गरिरहेका कुर्द लडाकुले अमेरिकाले आफूलाई सुरक्षा दिने भनेर एक्लै छाडेको आरोप लगाएका छन् ।

सिरियन डेमोक्रेटिक फोर्सेजका प्रवक्ता रेदुर खलीलले कुर्दहरुले इमान्दारीतापूर्वक कार्य गरिरहे पनि निरास पारिएको प्रतिक्रिया दिए ।

‘आइएसआइएसविरुद्धको लडाइँमा हाम्रो साथ थुप्रै सहयोगीहरु थिए । हामीहरु उनीहरुको साथमा पूरै इमानदारीका साथ लडेका थियौं, जुन हाम्रो संस्कृति र परम्पराअनुरुप थियो,’ खलीले भनेका छन्, ‘तर हाम्रा सहयोगीले अचानक कुनै चेतावनीबीना हामीलाई एक्लै छाडिदिएका छन् । यो एकदमै निराशाजनक छ ।’

खलीले उक्त इलाकाको हवाई क्षेत्र टर्कीको सैन्य विमानका लागि बन्द गराइदिन अमेरिकासँग माग पनि गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : २६ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको