अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल « Khabarhub

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार बालुवाटारमा भएको त्रिपक्षीय छलफलपछि सागर ढकालले निकट भविष्यमै सम्झौता हुने बताए।

प्रधानमन्त्री कार्कीले सरकार, राजनीतिक दल र जेन–जीका प्रतिनिधिहरूबीच आगामी चुनाव, संविधान संशोधन र राजनीतिक स्थायित्वका विषयमा छलफलका लागि बैठक आह्वान गरेकी थिइन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढकालले भने, ‘जेन–जीसँग सहमति पनि हुन बाँकी छ, तर केही दिनमै राष्ट्रपतिसँग औपचारिक सम्झौता हुनेछ। हामीले त्यसमा संविधान सुधारलगायतका मागहरू राखेका छौँ।’

यस्तै उनले अबको निर्वाचन प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । ‘आई–भोटिङ’ र ‘आईबीएम भोटिङ’ प्रणाली जस्ता प्रविधि अपनाएर विदेश र अन्य जिल्लामा रहेका मतदातालाई पनि मतदानको अधिकार दिलाउनुपर्ने उनकाे सुझाव छ ।

उनले भने, ‘काठमाडौंमा भोजपुर र ताप्लेजुङका मतदाता हुनुहुन्छ, उहाँहरूलाई त्यहाँ लैजाने कुराबाटै भ्रष्टाचार सुरु हुन्छ।’

बैठकमा सहभागी करिब ९० प्रतिशत प्रतिनिधिहरू आगामी फागुन २१ गते हुने चुनावमा सहभागी हुनुपर्ने पक्षमा रहेको पनि उनले बताए।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : ३० बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली