अफगानिस्तानमा तालिबानका तालिबान लडाकूका विशेष सहयोगी मारिए « Khabarhub

अफगानिस्तानमा तालिबानका तालिबान लडाकूका विशेष सहयोगी मारिए


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको तखार प्रान्तमा विशेष सुरक्षा फौजले गरेको कारबाहीका क्रममा तालिबान लडाकूका विशेष सहयोगी सलाहुद्दीन उर्फ इब्राहिमी मारिएका स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएको छ ।

सलाहुद्दीन खासगरी आदिवासी नेताहरू लक्षित हमलामा संलग्न रहँदै आएको बताइएको छ । विशेष फौजले तखार प्रान्तमा गरेको एक अर्को छुट्टै कारबाहीका क्रममा नौ जना तालिबानी लडाकूलाई गिरफ्तार गरेको छ ।

तालिबान लडाकू समूहले सुरक्षा बलले हालै गरेका यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् ।

तालिबानले यस क्षेत्रको स्थायित्व र सुरक्षालाई चुनौती दिँदै वर्षौंदेखि अफगानिस्तानमा तैनाथ अमेरिकी फौज र अफगान सरकार विरुद्ध युद्ध गरिरहेको छ । राजनीतिक उथलपुथलका कारण इस्लामिक स्टेट्स र अल–कायदा जस्ता लडाकू समूहहरू देशैभरि सक्रिय छन् ।

केही महिनादेखि तालिवान र संयुक्तराज्य अमेरिकी विशेषदूतबीच वार्ता भइरहेका थिए, तर अमेरिकी राष्ट्रपतिले एकाएक वार्ता अन्त्य भएको घोषणा गरेपछि थप अन्यौल बढेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ४ : २७ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार