अफगानिस्तानमा तालिबानका तालिबान लडाकूका विशेष सहयोगी मारिए « Khabarhub

अफगानिस्तानमा तालिबानका तालिबान लडाकूका विशेष सहयोगी मारिए


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको तखार प्रान्तमा विशेष सुरक्षा फौजले गरेको कारबाहीका क्रममा तालिबान लडाकूका विशेष सहयोगी सलाहुद्दीन उर्फ इब्राहिमी मारिएका स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएको छ ।

सलाहुद्दीन खासगरी आदिवासी नेताहरू लक्षित हमलामा संलग्न रहँदै आएको बताइएको छ । विशेष फौजले तखार प्रान्तमा गरेको एक अर्को छुट्टै कारबाहीका क्रममा नौ जना तालिबानी लडाकूलाई गिरफ्तार गरेको छ ।

तालिबान लडाकू समूहले सुरक्षा बलले हालै गरेका यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् ।

तालिबानले यस क्षेत्रको स्थायित्व र सुरक्षालाई चुनौती दिँदै वर्षौंदेखि अफगानिस्तानमा तैनाथ अमेरिकी फौज र अफगान सरकार विरुद्ध युद्ध गरिरहेको छ । राजनीतिक उथलपुथलका कारण इस्लामिक स्टेट्स र अल–कायदा जस्ता लडाकू समूहहरू देशैभरि सक्रिय छन् ।

केही महिनादेखि तालिवान र संयुक्तराज्य अमेरिकी विशेषदूतबीच वार्ता भइरहेका थिए, तर अमेरिकी राष्ट्रपतिले एकाएक वार्ता अन्त्य भएको घोषणा गरेपछि थप अन्यौल बढेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ४ : २७ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको