आजका समाचार : सरकारको सय दिनले जगाउन सकेन आश, एमाले- कांग्रेस संसद् फर्काउन एकजुट, जेलबाट रास्वपा सम्हाले र क्रेमलिनद्वारा त्रिपक्षीय वार्ता अस्वीकार « Khabarhub

आजका समाचार : सरकारको सय दिनले जगाउन सकेन आश, एमाले- कांग्रेस संसद् फर्काउन एकजुट, जेलबाट रास्वपा सम्हाले र क्रेमलिनद्वारा त्रिपक्षीय वार्ता अस्वीकार


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि बनेको शुशिला कार्की नेतृत्वको सरकारले १ सय दिन पूरा गरेको छ । आगामी फागुन २१ गते निर्वाचन गराउने शर्तमा भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्ति कार्की नेतृत्वको सरकारले संसदीय परम्पराअनुसार ‘हनिमुन’ समय पार गरेको हो ।

तर, भ्रष्टाचार, नेपोटिजम, लगायत राजनीतिक विसंगतिविरुद्धको भीमकाय विद्रोहको जगमा बनेको सरकारले आफ्नो हनिमुन समयमा अपेक्षित सकारात्मक सन्देश दिन सकेको छैन ।

तोकिएको मितिमा चुनाव हुने नहुने पनि अलमल छ । आजको दिनसम्म चुनाव हुने–नहुने विवाद कायमै छ । यसका साथै, जेन–जी आन्दोलनको मुख्य माग भ्रष्टाचारको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने एजेन्डलार्ई सरकारले नै तुहाइदिन खोजेको देखिँदैछ ।

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

भ्रष्टाचार अन्त्य सुशासन कायममा जेन-जीले खबरदारी गर्नुलाई अन्यथा लिन हुँदैन : सञ्चारमन्त्री

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

जेलबाट छुटेपछि प्रधानमन्त्रीलाई भेट्दै रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार रविसहितको टोलीले ६:३० बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ ।

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

आहा ! आलिताल

पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल–३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ ।

गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् ।

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४ गतेको विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पूर्णरूपमा असफल भइसकेको बताएका छन्।

सोमबार आयोजित ‘जेन–जी आन्दोलनको एक सय दिन: उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुंगानाले अब देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सरकार अपरिहार्य भइसकेको बताए।

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी सहरमा भेला भइरहेका बेला क्रेमलिनले आइतबार युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाबिच त्रिपक्षीय वार्ता तयारीको क्रममा रहेको भन्ने कुरालाई अस्वीकार गरेको छ । यसअघि एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले वासिङ्टनले त्रिपक्षीय ढाँचा प्रस्ताव गरेको बताएका थिए ।

उनका अनुसार यस्तो वार्ताले मस्को र किएभबीच करिब छ महिनापछि पहिलो पटक प्रत्यक्ष संवादको ढोका खोल्ने सङ्केत गरे पनि यसले ठोस प्रगति ल्याउनेमा उनी स्वयं आश्वस्त देखिएका थिएनन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभले पत्रकारहरूसँग भने, “हालसम्म कसैले पनि यस पहललाई गम्भीर रूपमा छलफल गरेको छैन । मेरो जानकारीअनुसार यस्तो त्रिपक्षीय वार्ता कुनै पनि तहमा तयारीमा छैन ।”

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ७ : ५६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको