मनिष खनाल : नवलपरासी-२ का २६ वर्षीय जेन-जी युवा अब ‘माननीय’ « Khabarhub

मनिष खनाल : नवलपरासी-२ का २६ वर्षीय जेन-जी युवा अब ‘माननीय’


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनिष खनाल, २६ वर्षीय जेन-जी युवा । अब माननीय अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य । उनी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ बाट संघीय सांसदमा निर्वाचित भएका छन्।

उनले भारी मतान्तरका २६ वर्षको उमेरमै संसद् यात्रा तय गरेका हुन् । त्यो पनि आफूभन्दा दिग्गज र बलिया नेताहरूलाई पाखा लगाएर

उनले २६ वर्षमै संसद् यात्रा तय गर्दा विशाल मत अर्थात् ४१,३४७ प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तिलक महतले १५ हजार ७५५ मत मात्रै पाए । उता नेपाली कांग्रेसका ओम बहादुर घर्ती मगरले १४ हजार ७१३ मत प्राप्त गरे। खनाल र महतबीचको मतान्तर २५,५९२ रह्यो।

जेन-जी आन्दोलनका अगुवा तथा वैकल्पिक राजनीतिको स्पष्ट दृष्टिकोण राख्ने खनाल पेशाले अधिवक्ता र शिक्षक हुन्। उनी कानुनका अध्येता तथा अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छन्।

२०७९ मा रास्वपाबाटै सांसद रहेका असीम शाहको सचिवालय प्रमुखको रूपमा कार्य गर्दै संसदीय कामकाज, विधेयक निर्माण तथा नीति निर्माण प्रक्रियामा उनले अनुभव हासिल गरेका छन्।

यसबाहेक, युवा तथा खेलकुद मन्त्रालयमा नीति तथा कानुनी परामर्शदाताको रूपमा कार्यरत रहँदा ‘राष्ट्रिय खेलकुद विकास ऐन’ संशोधन र ‘खेलकुद नीति’ समीक्षा प्रक्रियामा पनि योगदान दिएका छन्।

२०७२ सालमा सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका खनाल २०७३ मा विवेकशील नेपाली दलमा आबद्ध भएका थिए ।

२०७६ मा उक्त दलको केन्द्रीय सदस्य निर्वाचित भए। जेन-जी आन्दोलनमा अग्रपंक्तिमा सहभागी उनी त्यसपछि संस्थागत सुधारका लागि सरकारलाई बुझाइएको मार्गचित्र तयार पार्न मुख्य भूमिकामा थिए।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित मध्यविन्दु नगरपालि निवासी खनाल स्थानीय आवश्यकता र भौगोलिक यथार्थसँग परिचित छन्।

उनी संविधानको मर्म, सुशासन, नागरिक केन्द्रित सेवा प्रवाहलाई मुख्य एजेन्डा बनाउँछन्। उमेरले कान्छा तर पेसा र अनुभवले परिपक्क खनालले युवा नेतृत्व, कानुनी दक्षता, नीतिगत स्पष्टता तथा सामाजिक प्रतिबद्धताका आधारमा पुराना नेताहरूलाई चुनौती दिँदै चुनाव जितेका छन्।

यो क्षेत्रमा उनको जितलाई युवा र नयाँ विचारको प्रतिनिधित्व तथा पुरानो र नयाँ राजनीतिको टकरावको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : ५९ बजे

चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी

काठमाडौं – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

मध्यपूर्वमा तनाव चर्किँदै, इरानद्वारा इजरायल र अमेरिकी अड्डामा आक्रमणको दाबी

तेहरान – इरानले शनिबार इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य

रास्वपाको लहरबीच एमालेको किल्ला भत्काए कांग्रेसका सन्दीपले

पाल्पा- पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप

हुम्लामा कांग्रेसका रोकाया अग्रता

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा