परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति « Khabarhub

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार मन्त्री खनाल र राजदूतबीच मङ्गलबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र व्यावहारिक सहयोगका विषयमा फलदायी छलफल भएको दूतावासले जनाएको छ। दुवै पक्षबीच आपसी सहयोगलाई थप सुदृढ बनाउँदै विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई तीव्रता दिने सहमति भएको छ।

“हामीबीच नेपाल–चीन सम्बन्ध र व्यावहारिक सहयोगका विषयमा विचार आदानप्रदान भयो,” चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ, “आपसी सहयोगलाई मजबुत बनाउँदै द्विपक्षीय सहकार्यलाई तीव्रता दिने र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा हामी सहमत भएका छौँ।”

परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्नुहुँदै चिनियाँ राजदूत चाङ माओमिङ। तस्बिरः नेपालस्थित चिनियाँ राजदूतावास

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : ०७ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन