एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो « Khabarhub

एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले हराएको छ । सिंगापुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले चीनलाई सहजै हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको थियो । ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९ ओभर दुई बलमा ९२ रन बनाएर अलआउट भएको हो ।

आक्रामक ब्याटिङ गर्दै ओपनर कुशल भुर्तेलले चीनविरुद्ध १६ छक्कासहित ४३ बलमा १२९ रन बनाए ।

नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक बनाए । मल्लले पाँच छक्का र आठ चौकाको मद्दतमा ४७ बलमा ८५ रन बनाए भने कप्तान पौडेलले २१ बलमा सात छक्का र पाँच चौकाको मद्दतमा ६९ रन बनाए ।

नेपालका ओपनर आशिफ शेख भने १० बल खेल्दा ११ रन बनाएर आउट भए । चीनका लागि मा क्वानचेङ र देङ जिनकीले एकएक विकेट हात पारे । अन्य सबै बलर नेपालसँग चुटिए ।

जवाफी ब्याटिङ गरेको चीनका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाउँदा डु जिनहाउले १७ र टियान सेनकुनले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कसिलो बलिङ गर्दै नेपालका लागि कुशल मल्लले तीन विकेट हात पारे । सन्दीप लामिछाने र सोमपाल कामीले दुईदुई विकेट हात पारेको खेलमा नन्दन यादवले एक विकेट हात पारे ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १० : ३० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका