‘अघोरी बाबा’की पत्नीमाथि ठगीको आरोप « Khabarhub

‘अघोरी बाबा’की पत्नीमाथि ठगीको आरोप


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ ।

चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी परेपछि त्यसैको आधारमा अनुसन्धान अघि बढ्ने बौद्ध प्रहरीले जनाएको छ ।

पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरुको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : ४२ बजे

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

जलेश्वर– महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो

नेपालमा ल्याइयो आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी

काठमाडौं– आईसीसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी नेपाल ल्याइएको छ

कांग्रेसका प्रदेश सभापति पनि विभाजित, पाँचजना विशेष महाधिवेशनको विपक्षमा उभिए

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको कलह प्रदेश कार्यसमिति सभापतिसम्म पुगेको छ।

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

काठमाडौं– एथलेटिक्स परिवार, नेपालको संयोजनमा गत महिना मित्रराष्ट्र भारतको रांचीमा

‘पाँडे’को फिल्म ‘झरीपछिको इन्द्रेणी’को पछिल्लो साताको व्यापार ३१ लाख

काठमाडौं – कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशन रहेको फिल्म