Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : सीके राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा गर्न आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले प्राप्त उपलब्धिको रक्षा गर्न यसअघि पनि आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए…