Khabarhub

राष्ट्रपति निर्वाचन : साढे १२ बजेसम्म बजेसम्म कति खस्यो मत?

काठमाडौं– राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सरू भएको हो । राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२:३५ सम्म संघीय संसद्का २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन्…