Khabarhub

उपराष्ट्रपतिको उम्मेदवार छान्न जसपा बैठक बस्दै

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ। बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ। उपराष्ट्रपति को निर्वाचन चैत ३ गते हुँदैछ।