Khabarhub

कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियो सहित)

काठमाडौं- कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई व्यक्तिलाई कारबाही गर्न संसदीय समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकले कानून हातमा लिएर किसानको उत्पादन नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न मन्त्रालयलाइ निर्देशन दिएको हो । केही दिन पहिले पोखरा, कपिलवस्तुलगायतका जिल्लामा तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए ।…