Khabarhub

इरानमाथि आक्रमणको निन्दा गर्दै झलनाथले भने- अमेरिकी प्रभुत्व नसकिएसम्म विश्वमा शान्ति हुँदैन

काठमाडौं- इरानमाथि अमेरिकी र इजरायली आक्रमणप्रति नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कडा निन्दा गरेका छन् । पूर्वप्रधानमन्त्री खनालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गत असार ७ गते इरानमा भएको आक्रमणलाई ‘फासिस्ट, क्रूर र नाङ्गो हस्तक्षेप’ को संज्ञा दिएका छन्। अमेरिकाको उक्त कार्यले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र र राष्ट्रहरूबीचको सम्बन्धका आधारभूत मापदण्ड…