Khabarhub

पक्राउ पूर्जीबिना प्रहरी कार्यालय नजाने रामकुमारी झाँक्रीको अडान

काठमाडौँ– नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पक्राउ पूर्जीविना प्रहरीकोमा नजाने अडान लिएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएकोमा उनले पक्राउ पूर्जीविना नजाने अडान लिएकी हुन् । ‘राजनीतिक मुद्दाका साथ सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमै पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् अनि मात्र…