Khabarhub

लामो समयदेखि रोकिएको दूधको चार अर्ब भुक्तानी 

काठमाडौं- लामो समयदेखि रोकिएको किसानको दूधको करिब चार अर्ब रुपैयाँ भुक्तानी भएको छ ।  दुग्ध विकास संस्थान (डिडिसी) ले १ अर्ब र निजी डेरी उद्योगहरूले करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरेपछि आन्दोलित किसानले राहत पाएका हुन् । संस्थान र निजी डेरीहरूले गोदाममा थुप्रिएको धुलो दुध (पाउडर) र बटर बिक्री गरेर किसानको बक्यौता रकम तिरेका हुन्…