समाचार Archives | Page 6980 of 7981 | Khabarhub Khabarhub

बूढीगंगा नदी किनारमा बालिका मृत फेला

बाजुरा- त्रिवेणी नगरपालिका-८ कालापानीस्थित बूढीगङ्गा नदीको किनारमा एक बालिका मृत भेटिएकी छन्। ती बालिका त्रिवेणी-८ पन्ताली घर भएका खडक लुहारकी सात महिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए। बालिकाका बाबुका अनुसार हिजो बिहान आमाछोरी घरबाट निस्केका थिए। बालिकाकी आमा पनि सम्पर्कमा छैनन्।