Live on
Your Voice, Your Power
मोरङ- प्रहरीले मोरङको उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद गरेको छ । उर्लाबारी नगरपालिका–११, लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको बारीमा माटोमुनि गाडेको अवस्थामा ७.६२ एमएमको गोली फेला पारिएको मोरङ प्रहरीले जनाएको छ । बरामद गोलीबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।