समाचार Archives | Page 7648 of 8084 | Khabarhub Khabarhub

विमानस्थलमा ठोक्किए यति र बुद्धका विमान

काठमाडौं– त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा दुई वटा जहाज ठोक्किएका छन् । सोमबार विहान जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सको जहाज ठोक्किएका हुन् । दुबै जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले जानकारी दियो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ ।