Live on
Your Voice, Your Power
काठमाडौँ– बैंकहरुमा ब्याजदर बढाउने होडबाजी चलेपछि केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । मंगलबार बैंकहरुलाई तीन बुँदे निर्देशन दिँदै राष्ट्र बैंकले ब्याजदर घटाउन भनेको छ । बैंकहरुले ११.१० प्रतिशतसम्म ब्याजदर पुर्याएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो । बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन पाउने छैनन् ।…