विविध « Khabarhub

पहिलो त्रैमासमा भारतको अर्थतन्त्र २४ प्रतिशत घट्यो

काठमाडौं- चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भारतको अर्थतन्त्र ऐतिहासिक रूपमा २४ प्रतिशतले संकुचनमा गएको छ। अप्रिलबाट सुरु हुने भारतको आर्थिक वर्ष २०२०–२१ को जुनसम्मका तीनमध्ये दुई महिनामा लकडाउन रहेकाले अर्थतन्त्र २३ दशमलव ९ प्रतिशतले खुम्चिएको त्यहाँको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ। भारतमा अर्थशास्त्रीहरूले चालू आर्थिक वर्षमा भारतको अर्थतन्त्र १० प्रतिशत हाराहारीमा खुम्चने अनुमान गरेका छन्।…