Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्शबीच व्यापार विस्तार तथा लगानी प्रवर्द्धनका विषयमा द्विपक्षीय समझदारी भएको छ । जर्जियाका उप विदेशमन्त्री एलेक्जेन्डर ख्भटीसियस्भिलीको उपस्थितिमा सोमबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गियोर्गी पेरटियाबीच द्विपक्षीय व्यापार विस्तार र लगानी प्रवर्द्धनका विषयमा समझदारी गरिएको हो ।…