देश/प्रदेश « Khabarhub

९८ कैदीबन्दीले मतदान गर्न पाउने

बागमती– मङ्सिर ४ गते हुने निर्वाचनमा मकवानपुर भीमफेदी कारागारका ९८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।  कारागार प्रशासनका अनुसार कैदीहरूलाई कारागारबाट प्रतिनिधिसभा अन्तर्गत समानुपातिक मतदान गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।  कारागार प्रमुख तीर्थ पौडेलका अनुसार कारागारमा रहेका नौ सय ८९ कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम भएका ९८ जनाले मतदान गर्न पाउने भएका हुन् ।