देश/प्रदेश « Khabarhub

नागढुंगाबाट गाँजासहित धादिङका एक युवा पक्राउ

काठमाडौँ– प्रहरीले नागढुंगाबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ। धादिङ थाक्रे गाउँपालिका–३ बस्ने २० वर्षीय तेज तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार मंगलबार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट तामाङलाई पक्राउ गरिएको हो। धादिङबाट काठमाडौं आउँदै गरेको बा ८० प १०३३ नम्बरको मोटरसाइकललाई नागढुंगामा चेक गरिएको थियो।…