देश/प्रदेश Archives | Page 1377 of 2023 | Khabarhub Khabarhub

कोरोनाले अर्जुनधारा नगरपालिकाका अधिकृत खाम्याहाङको निधन

झापा– कोरोना संक्रमणबाट झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङको निधन भएको छ । उपचारका क्रममा उनको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा सोमबार निधन भएको हो । कोरोना संक्रमण पछि गएको वैशाख १७ गते उनी अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पुष्टि गरे ।