देश/प्रदेश « Khabarhub

निउरो टिप्न गएकी महिलाको ज्यान लिने बाघ नियन्त्रणमा

भरतपुर– चितवन जिल्लाको जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएकी महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ । रत्ननगर नगरपालिका –५ मगरटोलकी ३२ वर्षीया गीता अधिकारीको सोमबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । आज अपराह्न उक्त बाघलाई ‘डट’ गरेर नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज…