देश/प्रदेश « Khabarhub

बाल्टिनमा भरेको पानीमा डुबेर नाबालिकाको मृत्यु

सप्तरी- सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर एक नाबालिकाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिताकुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेल्ने क्रममा नजिकै रहेको कल(टुबवेल)निर कपडा धुनका लागि पानी भरेर राखिएको बाल्टीनमा उल्टो परेर खसेपछि ती बालिकाको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको…