देश/प्रदेश « Khabarhub

मुस्ताङको लो–घेकर दामोदरकुण्डमा निःशुल्क स्वास्थ्य शिविर

मुस्ताङ– आधुनिक चिकित्सा सेवाको पहुँच पुग्न नसकेको हिमालपारिको जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा सोवा रिग्पा उपचार पद्दतिअनुसार हालै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । गाउँपालिकाको पाँचवटा वडामा अलगअलग सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुको साथै निःशुल्क औषधि वितरण गरिएको सोवा रिग्पा एशोसिएशन नेपालका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङले जानकारी दिए…