Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्। पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसमक्ष खरेलले आज राजीनामा पत्र बुझाएका हुन्। केही समयअघि मात्रै पर्यटनमन्त्री योगेश भट्टराईले मातहतका निकाय प्रमुखहरुलाई बोलाएर प्रभावकारी रुपमा काम गर्न नसक्ने अवस्था भएमा पदबाट राजीनामा दिएर बाटो खोल्न आग्रह गरेका थिए। २०७५ भदौमा मात्रै उनलाई निगमको अध्यक्षमा नियुक्त गरिएको थियो।