देश/प्रदेश « Khabarhub

भूकम्पले क्षति पुगेका ११ साँस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतीय दूतावास र इनटाचबीच सम्झौता

काठमाडौं– नेपालमा ११ वटा साँस्कृतिक सम्पदाको भूकम्प पश्चातको पुनर्निर्माणका लागि काठमाडौं स्थित भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इनटाच) सँगको सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौतापत्रमा भारत सरकारको तर्फबाट काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा इनटाचका सदस्य सचिव श्रीमती डा. सि. टी मिश्रले हस्ताक्षर गरेका थिए…